
काठमाण्डौं, पुस २८ :




अमेरिकाको लस एन्जलसमा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आगोलागीले १० हजारभन्दा बढी घर तथा अन्य संरचना जलेर नष्ट भएको अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले लस एन्जलसलाई युद्धको दृश्य भनेर प्रतिक्रिया दिएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
तीव्र हावाको पूर्वानुमानले डढेलो अझै फैलन सक्ने डर बढाइरहेको छ ।
लस एन्जलस क्षेत्रको डढेलो निभाउन पानीको अभाव भएको बताईएको छ । यस बारेमा स्वतन्त्र छानबिन गर्न क्यालिफोर्नियाका गभर्नरले आह्वान गरेका छन् ।
शहर र वरपरका डढेलोका कारण तहसनहस भएका क्षेत्रहरूमा रात्रिकालीन कर्फ्यु आदेश जारि गरिएको छ ।यो नियम प्यासिफिक पालिसाडेस र ईटन क्षेत्रमा लागू गरिएको छ ।
प्रहरीले लुटपाटमा संलग्न जो कोहीलाई पनि पक्राउ गरिने चेतावनी समेत दिएको छ।