
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीका अवसरमा राप्रपा र राप्रपा नेपालले छुट्टाछुट्टै रुपमा चियापान कार्यक्रम गरेका छन्। दुबै पार्टीले गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु पालैपालो पुगेका थिए ।
राप्रपा नेपालले गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेता पशुपति शमशेर जबरा,अर्थमन्त्री विष्णु पौडेल,गृहमन्त्री रमेश लेखक लगायतका मन्त्री तथा नेताहरु पुगेका थिए । तिनै नेताहरु राप्रपाले गरेको जलपान कार्यक्रममा पनि पुगेका थिए ।
दुुबै पार्टीले गरेको कार्यक्रममा सहभागीहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो । नेताहरुलाई यता र उता जान भ्याइनभ्याई देखिन्थ्यो । चियानपानमा सरिक हुन पुगेका नेताहरुले पालैपाले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।
राप्रपा नेपालले गरेको चिपापानमा पुगेका नेताहरुलाई अध्यक्ष कमल थापाले र राप्रपाले गरेको जलपानमा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरुले स्वागत गरेका थिए।