
काठमाडाैं, पुस २८ :
नेपाल बार एशोसिएसनले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरेको छ।शनिबार बसेको बारको कार्यसमिति बैठकले खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो।खड्का डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) निकट मानिन्छन् ।
परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो। प्रधानन्यायाधीशको नेतृत्व रहने पाँच सदस्यीय न्याय परिषद्को सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसियसनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् रहने व्यवस्था छ।