
मेष : मन प्रसन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृष : निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ । दिन रमाइलो हुने छ ।
मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ ।
कर्कट : शुभग्रहको बहुमत छ । दिन राम्रो छ। लामो यात्रामा निस्कनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ ।
सिंह : लगानीका क्षेत्र सबल छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारसँग सल्लाह गरेर काम गर्नु उचित हुनेछ ।
कन्या : मनमा सन्तुष्टि पैदा हुनेछ । साथीसँगको सहकार्यले फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
तुला : बन्धुसँगको कारोबारबाट मनोकामना पूरा हुनेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ ।
वृश्चिक : आर्थिक लाभ हुनेछ । स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्धमा सम्हालिएर अगाडि बढ्नुपर्नेछ ।
धनु : मन शान्त रहनेछ । राज्यका निकायमा भए बढुवा हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ ।
मकर : सोचेका कामहरू पुरा हुनेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । नयाँ योजनाहरू सार्वजनिक गर्ने दिन छ ।
कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्दा दिन रमाइलोसँग बित्नेछ ।
मीन : सोचेका काम बन्नेछन् । दीर्घकालीन सफलता प्राप्त हुनेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ ।