
काठमाडौं, पुस २९ :
नेवारी परम्परामा ईहि अर्थात् बेलविवाहको प्रचलन छ । आज बेल विवाह नगरेका १३८ कन्या-कुमारीको पूजा सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रोपटक आयोजना गरेको पूजामा १३८ कन्यालाई बज्रयान पूजाविधिअनुसार पूजाअर्चना गरिएको थियो ।
सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजापश्चात पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीको उपस्थिति थियो ।
हेरौं थप तस्बिरहरु :