सरकारले १३ जना सचिवको सरुवा र २ जनालाई कामुको जिम्मेवारी तोकेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा , सुमनराज अर्याल र चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेकाे छ ।
यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेत,पर्यटन मन्त्रालयमा बिनोद सिंह, महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डे,उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई र संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ ।
यस्तै, निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ ।
त्यस्तै, बैठकले मधेश प्रदेशमा मदन भुजेल र लुम्बिनी प्रदेशमा बाबुराम अधिकारीलाई कायम मुकायम तोकेको छ ।
यसैगरी मन्त्रिपरिपद्को बैठकले नेपाल प्रहरीको रिक्त्त ५ डीआईजी पदमा बढुवा गरेको छ । पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
दिनेश कुमार आचार्य,ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो ।४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान