काठमाडौं, माघ १ :

वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्यमध्ये १७ बैंकले पुस महिनाको निक्षेपको ब्याजदर नै निरन्तरता दिएका छन्।३ वाणिज्य बैंकले मात्रै निक्षेपको ब्याजदर परिवर्तन गरेका छन् ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा मुद्दती निक्षेपमा ६ प्रतिशत दिँदै आएकामा ०.५ प्रतिशतले घटाएको छ भने कृषि विकास बैंकले निक्षेपको अधिकतम ब्याजदर ५.५७ प्रतिशत रहेकोमा ५.५१ प्रतिशतमा झारेको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकले भने मुद्दतीमा ५.५ प्रतिशत ब्याज दिने गरेकोमा  ०.२५ प्रतिशत बढाएको छ। बैंकहरूले अहिले मुद्दतीमा ५.५ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।

पुसको तुलनामा माघमा अधिकांश बैंकले दरमा परिवर्तन गर्न सकेनन्। बैंकहरूले लगातर निक्षेपको ब्याजदर घटाएकामा मंसिरबाट स्थिर रहेको छ।