काठमाडौं, माघ १ :
वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्यमध्ये १७ बैंकले पुस महिनाको निक्षेपको ब्याजदर नै निरन्तरता दिएका छन्।३ वाणिज्य बैंकले मात्रै निक्षेपको ब्याजदर परिवर्तन गरेका छन् ।
नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा मुद्दती निक्षेपमा ६ प्रतिशत दिँदै आएकामा ०.५ प्रतिशतले घटाएको छ भने कृषि विकास बैंकले निक्षेपको अधिकतम ब्याजदर ५.५७ प्रतिशत रहेकोमा ५.५१ प्रतिशतमा झारेको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकले भने मुद्दतीमा ५.५ प्रतिशत ब्याज दिने गरेकोमा ०.२५ प्रतिशत बढाएको छ। बैंकहरूले अहिले मुद्दतीमा ५.५ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।
पुसको तुलनामा माघमा अधिकांश बैंकले दरमा परिवर्तन गर्न सकेनन्। बैंकहरूले लगातर निक्षेपको ब्याजदर घटाएकामा मंसिरबाट स्थिर रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा