
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेशमा आएको गैरआवासीय नेपालीलाई दिइने भिसाको प्रावधानप्रति असहमति जनाएका छन् ।
संविधानको भाग २ मा सार्क मुलुकबाहिर रहेका नेपालीलाई दिइने नागरिकता गैरआवासीय नागरिकता हुने भनिएकाले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान विल्कुल गलत भएको उनको तर्क थियो ।
उनले यस्ता गम्भीर कुरामा सरकारले ध्यान दिनुपर्ने भन्दै एकातर्फ नागरिकता दिने भन्ने अर्कोतर्फ भिसा दिने कुरा मिल्छ ? भ न्दै प्रश्न गरे । झापाको धुलाबारीमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री शर्माले उक्त प्रावधान संविधानको व्यवस्थासँग बाझिएको बताए ।
आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले धेरै कुरा भन्न लागेको तर संयम भएर प्रस्तुत भइरहेको बताए । नेपाली कांग्रेसलाई पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको बोली र कार्यशैली त्यति मन परिरहेको छैन ।
प्रधानमन्त्री ओली सत्ता समीकरणविपरीत कामभन्दा कुरा बढी गर्दै हिँडेका छन् भन्ने कांग्रेका उनीलगायत कांग्रेसका नेताहरुको बुझाइछ । अहिलेकै अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरूले सच्चिनुपर्ने शर्माको भनाइ थियो ।