बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

संविधान विपरीत गैरआवासीय नेपालीलाई नागरिकता र भिसा दुवै दिन मिल्दैन : महामन्त्री शर्मा

प्रधानमन्त्री र मन्त्रीहरूलाई सच्चिन सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
संविधान विपरीत गैरआवासीय नेपालीलाई नागरिकता र भिसा दुवै दिन मिल्दैन : महामन्त्री शर्मा
झापा, माघ १ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेशमा आएको गैरआवासीय नेपालीलाई दिइने भिसाको प्रावधानप्रति असहमति जनाएका छन् ।

संविधानको भाग २ मा सार्क मुलुकबाहिर रहेका नेपालीलाई दिइने नागरिकता गैरआवासीय नागरिकता हुने भनिएकाले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान विल्कुल गलत भएको उनको तर्क थियो ।

उनले यस्ता गम्भीर कुरामा सरकारले ध्यान दिनुपर्ने भन्दै एकातर्फ नागरिकता दिने भन्ने अर्कोतर्फ भिसा दिने कुरा मिल्छ ? भ न्दै प्रश्न गरे । झापाको धुलाबारीमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री शर्माले उक्त प्रावधान संविधानको व्यवस्थासँग बाझिएको बताए ।

आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले धेरै कुरा भन्न लागेको तर संयम भएर प्रस्तुत भइरहेको बताए । नेपाली कांग्रेसलाई पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको बोली र कार्यशैली त्यति मन परिरहेको छैन ।

प्रधानमन्त्री ओली सत्ता समीकरणविपरीत कामभन्दा कुरा बढी गर्दै हिँडेका छन् भन्ने कांग्रेका उनीलगायत कांग्रेसका नेताहरुको बुझाइछ । अहिलेकै अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरूले सच्चिनुपर्ने शर्माको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार