बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार

रोकिएन सेयर बजारको गिरावट : १५ अंकले नेप्से घट्दा ६ अर्ब ६५ करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
रोकिएन सेयर बजारको गिरावट : १५ अंकले नेप्से घट्दा ६ अर्ब ६५ करोडको कारोबार
काठमाडौं, माघ १ :

नेप्सेको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २५ दशमलव ४१ अंकले घटेको नेप्से आज पुन १५ दशमलव ५४ अंकले घटेर २५ सय ९४ दशमलव १३ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले घटेर चार सय ४१ दशमलव ४२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीको ६४ हजार दुई सय ७८ पटकको कारोबारमा एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब ६५ करोड आठ लाख १३ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर सेयर बजार राताम्मै देखिएको छ । वाणिज्य बैंक समूहको सूचक चार दशमलव ८१ अंकले घटेर १३ सय ६७ दशमलव ९० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ३१ दशमलव ३९ अंकले घटेर पाँच हजार तीन सय ६८ दशमलव ५८ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ३८ दशमलव ६४ अंकले घटेर २८ सय ८५ दशमलव १५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १८ दशमलव शून्य चार अंकले घटेर तीन हजार ६ सय तीन दशमलव ६५ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ६४ दशमलव २७ अंकले घटेर १२ हजार ६ सय ४० दशमलव ४८ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि तीन दशमलव शून्य पाँच अंकले घटेर १२ हजार चार सय ८३ दशमलव ९३ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९० दशमलव ४६, शून्य दशमलव ६०, ५१ दशमलव ४६, २१ दशमलव ९६, शून्य दशमलव शून्य आठ, १२ दशमलव ९४ र ८३ दशमलव ७७ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार