शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
राजनीति

संसद् भवन निर्माण चाँडो सक्न राष्ट्रपतिकाे निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
संसद् भवन निर्माण चाँडो सक्न राष्ट्रपतिकाे निर्देशन
काठमाडौं, माघ १ :

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेका छन् । 

सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार दिउँसो राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन्। राष्ट्रपतिसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाल लगायत पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्न पुगेका थिए ।

अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भवन निर्माणमा भईरहेको प्रगतिबारे जानकारी गराएका थिए । त्यस क्रममा पौडेलले भवन सम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ ।१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र शिलान्यास गरेका नयाँ संसद् भवन अझै तयार भई सकेको  छैन । तीन वर्षमा भवनको निर्माण सम्पन्न गर्ने भनिएको थियो।

 पटकपटक सरकारका मन्त्रीहरुले निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई छिटो सक्न निर्देशन दिए पनि काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन ।सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो ।संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार