चितवन, साउन २९ :

पूर्व पश्चिम राजमार्गको पम्फा खोलाको पुलमा बस र ट्रक ठोक्किँदा १० जना घाइते भएका छन् ।

गए राती चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ पम्पापुलस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा सप्तरी खड्क नगरपालिका-२ का २३ वर्षीय हलेश्वर मण्डल, मोरङ सुनसरी नगरपालिका-४ का ४० वर्षीय मनरथ सार्की, लेटाङ नगरपालिका-५ का २४ वर्षीय धिरज न्यौपाने,  सुनसरी कन्चनरुप नगरपालिका-१ का ३८ वर्षीय सनतन चौरासीया, सप्तरी शम्भुनाथ गाउँपालिका-१२ का २८ वर्षीय दयाराम मण्डल, गढि गाउँपालिका-५ का २० वर्षीय राजदेव साह छन् ।

त्यस्तै ईलाम देउमाई नगरपालिका- ४ बस्ने ४० वर्षीय सोम राई, मोरङ रंगेली नगरपालिका-२ बस्ने २५ वर्षीय मोहमद अजिम, सप्तरी सुरुंगा नगरपालिका-९ बस्ने २३ वर्षीय अरविन्द कुमार यादव र भारत दार्जलिङ बस्ने २४ वर्षीय आषिक भुजेल घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।