काठमाडौँ, माघ २ :

सार्वजनिक सेवा प्रसारण (पीएसबी)  को पूर्वारम्भ (Pre-Launching) कार्यक्रमहरू आजदेखि सुरु हुँदै छन्

नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण (पीएसबी) मा रूपान्तरण भएसँगै आजदेखि माघ ३ गतेसम्म विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पूर्वारम्भ कार्यक्रम  हुन लागेको हो ।

आज बिहान ११ बजे नेपाल टेलिभिजनमा पूर्वारम्भ कार्यक्रमको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन् ।

उद्‌घाटन समारोहलगत्तै विषयगत छलफल सुरु हुनेछ ।

आज पीएसबीको अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू)अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का प्रतिनिधिहरुसँग संसारमा पीएसबीको अभ्यास र यसको दीर्घकालीन सञ्चालनका बारेमा छलफल हुनेछ ।