शीतलनिवासमा चियापान समारोह, राष्ट्रपतिले दिए शुभकामना
मंगलबार, २ माघ, २०८१ मा
प्रकाशित
काठमाडौँ, माघ २ :
माघी पर्वका अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा चियापान समारोहको आयोजना गरिएको छ ।
चियापान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको चाहना भएको बताए ।
चियापान समारोहमा पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायतको सहभागिता छ ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि समारोहमा सहभागी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।