.jpg)
मकर सङ्क्रान्ति अर्थात माघे संक्रान्ति पर्व विभिन्न समुदायले आज (मंगलबार) आ-आफ्नो परम्पराअनुसार धुमधामका साथ मनाएका छन् । यो पर्वलाई विशेषगरी थारु र मगर समुदायले विशेष चाडका रुपमा मनाउने गर्छन् ।
थारु समुदायले वसन्तुरमा माघी पर्व उल्लासका साथ मनाइरहँदा उपत्यकामा बसोबास गर्ने मगर समुदायले पनि काठमाडौंको टुँडिखेलमा भेला भएर आपसमा शुभकामना आदान-प्रदान गरी धुमधामका साथ मनाएका छन् । मगर वेशभूषामा सजिएर उनीहरुले र्याली निकालेका थिए ।
र्याली काठमाडौंका विभिन्न स्थान परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो । टुँडिखेलमा भएको माघी महोत्सवमा मगर समुदायले आफ्ना विभिन्न मौलिक परिकार राखेका थिए । खानाका पारखीहरु पनि स्वादमा रमाइरहेका देखिन्थे ।
मगर जातिले यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । त्यसो त हिमाल, पहाड, र तराईमा बस्ने छेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ र अन्य जातिहरूले माघे सङ्क्रान्ति उत्सवका रुपमा मनाउने गर्छन् ।
माघीमा मिठा परिकारहरु बनाएर खाने चलन छ । विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचरा भन्ने चलन पनि छ ।
हेरौं माघे संक्रान्तिका अवसरमा टुँडिखेलमा आयोजना गरिएको उत्सवमा सहभागीका थप तस्बिर :
यो पनि…
वसन्तपुरमा माघीको रौनक [तस्बिरहरु]
माघे सङ्क्रान्ति : मठ-मन्दिरमा भक्तजनको घुइँचो [तस्बिर/भिडियो]