काठमाडौं, माघ २ :

मधेसी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन सम्पन्न भएको छ ।

जुम बैठकद्वारा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको घोषणा गर्नुका साथै संगठनका मुख्य उपलब्धिहरू र आगामी योजनाहरू पनि सार्वजनिक गरेको छ ।

समाजका संस्थापक डा. रवीन्द्रकुमार यादव (यूएई) को नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रा.डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिवमा अन्तरिक्ष वैज्ञानिक मुकेश झा (यूएई), कोषाध्यक्षमा जैव रसायनशास्त्री अनिलकुमार साह (अमेरिका) र प्रवक्तामा शिक्षाविद् एवं अधिवक्ता दीपेन्द्र चौबे (भारत) चयन गरिएका छन् ।

यस्तै उपाध्यक्षहरुमा कम्प्युटर इन्जिनियर सुजितकुमार ठाकुर (भारत), व्यापार विकास विशेषज्ञ मोहम्मद तनविर आलम (यूएई), जैव रसायन वैज्ञानिक डा. लोकेन्द्र यादव (नेपाल), शशिबाबु यादव (अमेरिका), नवीन चौधरी (डेनमार्क), ई.राजीव झा (कतार), चार्टर्ड एकाउन्टेन्ट नेहाल उज्जमान (साउदी अरेबिया) र ई. लखिन्दर यादव (जापान) छन् ।

उपमहासचिवमा ई. सुरेशकुमार यादव (यूएई), उप-प्रवक्तामा ई.शैलेन्द्रकुमार राय (यूएई) र उप-कोषाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट जिवछ साह (यूएई) र उप-कोषाध्यक्षमा सञ्जीव नायक (कतार) छन् । त्यस्तै, कार्यकारी सदस्यहरूमा सञ्जय ज्यामिरे, लालबाबु सिंह, रोशन देव, शिवकुमार महतो, चन्द्रवीर यादव र आदित्य अटल छन् ।

त्यसैगरी मध्यपूर्व संयोजकमा उद्यमी अभयकुमार ठाकुर (कतार), मध्यपूर्व उपसंयोजकमा धर्मेन्द्र गोहीवार (यूएई), अमेरिका संयोजकमा शशिबाबु यादव (टेक्सास), अमेरिका उपसंयोजकमा सुजितकुमार झा (टेक्सास), युरोप संयोजकमा नवीन चौधरी (डेनमार्क), युरोप उपसंयोजकमा डा. भगवान यादव (फिनल्यान्ड), भारत संयोजकमा दीपेन्द्र चौबे (भारत), सूदूरपूर्व संयोजकमा ई. लखिन्दर यादव (जापान) र नेपाल संयोजकमा डा. बबी सिंह (सप्तरी) छन् ।

यस्तै, मिडिया संयोजकमा अमरेन्द्र यादव, आईटी संयोजकमा उत्तम मिश्र, महिला संयोजकमा जिया चौधरी एवं कला संस्कृति संयोजकमा हरिओम मेहता छन् ।

मधेसी एकता समाज एउटा प्रमुख अन्तर्राष्ट्रिय संगठन हो, जसले मधेसी समुदायको एकता, अधिकार, सामाजिक न्याय, र सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्दै आइरहेको छ । नेपाल, भारत, अमेरिका, युरोप, मध्यपूर्व र एसिया-प्यासिफिक क्षेत्रमा सक्रिय यस संस्थाले सामाजिक सेवाका साथै अन्तर्राष्ट्रिय मञ्चमा मधेसी समुदायको मुद्दाहरू उठाउँदै आएको छ ।