बैतडी, साउन २९ :
वर्षासँगै आएको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । पहिरोले डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेको जनाइएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताउनुभयो ।