
प्रतीकात्मक तस्बिर ।
मकवानपुर, माघ २ :
हेटौंडा उपमहानगरपालिका १५, रातोमाटेबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१११ किलो गाँजासहित कैलाश गाउँपालिका २, डाडाँखर्कका ३४ वर्षीय रावाल स्याङ्ग्बोलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बा.७च २५१० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटले छोपेर प्लास्टिकमा बेरेर ल्याएको १० वटा पोकामा गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजासहित गाडी चालक स्याङ्बोलाई पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।