
काठमाण्डौं, माघ ३ :
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई सियोलस्थित उनकै निवासबाट पक्राउ गरिएको छ ।
दक्षिण कोरियाली अनुसन्धानकर्ताले आज बिहान उनलाई पक्राउ गरेका हुन् ।अहिले भ्रष्टाचार अनुसन्धान कार्यालय सीआईओमा उनीसंग सोधपुछ भईरहेको समाचार छ ।
गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको अभियोगमा युनमाथि अनुसन्धान भइरहेको छ ।
अधिकारीहरू र उनका सुरक्षा कर्मचारीहरू र समर्थकहरू बीच एक घण्टा लामो गतिरोधपछि आज गिरफ्तारी गरिएको हो। युन हप्तौंदेखि आफ्नै निवासमा थिए ।
अनुसन्धानकर्ताहरूले यसै महिनाको सुरुमा पनि उनलाई पक्राउ गर्ने प्रयास गरेका थिए तर असफल भएका थिए ।
उनलाई पदबाट हटाउने कि नहटाउने भन्ने निर्णय गर्ने युनको महाभियोगको सुनुवाइ हिजोबाट सुरु भएको छ । तर उनको अनुपस्थितिका कारण चार मिनेटमै टुंगिएको थियो ।