काठमाडौँ, माघ ३ :

झापामा बुधबार बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका- १ धरमपुरमा बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ। 
 
घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका- १० धुलाबारीका ५४ वर्षीय टीका मेचे इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन् ।