
सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार परिसूचक नेप्से एक दशमलव ८३ अंकले बढेर २५ सय ९५ दशमलव ९६ अंकमा चढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४१ अंकले घटेर चार सय ३९ दशमलव शून्य एक अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९९ कम्पनीको ६३ हजार तीन सय ७४ पटकको कारोबारमा एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव शून्य आठ अंकले घटेर १३ सय ५६ दशमलव ७१ अंकमा झरेकामा फाइनान्स समूहको सूचक पनि एक दशमलव ५७ अंकले घटेर २७ सय ८४ दशमलव ५७ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ५१ दशमलव ४९ अंकले घटेर १२ हजार चार सय ३२ दशमलव ४३ अंकमा झरेकामा लगानी, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव शून्य सात, २५ दशमलव ६१ र शून्य दशमलव शून्य तीन अंकले घटेका छन् ।
विकास बैंक समूहको सूचक भने ५८ दशमलव १३ अंकले बढेर पाँच हजार चार सय २६ दशमलव ७२ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि ६३ दशमलव ४५ अंकले बढेर तीन हजार ६ सय ६७ दशमलव ११ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि १० दशमलव २२ अंकले बढेर १२ हजार ६ सय ५० दशमलव ७१ अंकमा चढेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय सात दशमलव २५, ३२ दशमलव १२, शून्य दशमलव ७७ र शून्य दशमलव ७१ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा दोल्ती हाइड्रोपावर कम्पनी छ । बढी गुमाउने कम्पनीको सूचीको पहिलो स्थानमा ङादी हाइड्रोपावर लिमिटेड छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा छ ।