
काठमाडौं, माघ ३ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् ।
जिल्ला अदालतबाहिर निस्किएका त्रिपाठीलाई लामिछानेका समर्थकले हातपात गरेका हुन् । तत्कालै सुरक्षाकर्मी पुगेकाले उनलाई सामान्य चाेट लागेको छ ।
हातपातको घटनाले अदालत परिसरको अवस्था केही तनावपूर्ण बनेको थियो । लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले वकालत गर्दै आएका छन् ।