कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त
बुधबार, ३ माघ, २०८१ मा
प्रकाशित
काठमाडौँ, माघ ३ :
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका पूर्णबहादुर खड्काले आज डा. पोखरेललाई प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन् ।
उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।