सङ्खुवासभा, माघ ३ :

सभापोखरी गाउँपालिका- ६ बाह्रबिसे  बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । 

आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । 

नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।