काठमाण्डौं, माघ ३ :

इजरायल र हमासबीच गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि युद्धविराम सम्झौता भएको छ ।

यो सम्झौता महिनौं लामो वार्तापछि भएको हो । जसमा कतार प्रमुख मध्यस्थकर्तामध्ये एक हो । यो सम्झौताले लाखौं विस्थापित गाजावासीलाई घर फर्कन अनुमति दिनेछ ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी करिब १२०० व्यक्तिको ज्यान लियो र २५१ जनालाई बन्धक बनायो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणका कारण गाजामा इजरायलको आक्रमणमा ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
इजरायलले ९४ जनालाई अझै पनि हमासले बन्धक बनाएको र तीमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले बन्धक बनाइएकाहरूका लागि हामीसँग सम्झौता भएको र उनीहरूलाई चाँडै रिहा गरिने' बताएका छन् । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले भने सम्झौतामा अझै पनि 'धेरै नसुल्झिएका बिषयहरु रहेको बताएको छ।

६ हप्ताको युद्धविराम र बन्धक रिहाइबाट सम्झौता सुरु हुने अपेक्षा

यस सम्झौतामा धेरै चरणहरू समावेश छन्। पहिलो चरण ६ हप्ताको युद्धविराम हो । उक्त अवधिमा हमासले अक्टोबर ७ मा भएको आक्रमणमा कब्जामा लिएका ३३ जना बन्धकलाई रिहा गर्नेछ । ती ३३ जनामध्ये कति जना अझै जीवित छन् भन्ने यकिन हुन सकेको छैन ।

प्रत्येक बन्धकलाई रिहा गरेको बदलामा इजरायलले दर्जनौं प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ ।इजरायलले गाजा पट्टीको घना बस्ती भएको क्षेत्रबाट आफ्ना सैनिकलाई पूर्वी क्षेत्रमा रहेको बफर जोनमा फर्काउनेछ । थप सहायता र इन्धन तुरुन्तै भित्रिन दिइनेछ भने गाजाका २० लाख विस्थापितहरूलाई उनीहरूको घरमा व्यवस्थित रूपमा फर्काइनेछ। त्यसपछि गाजामा कसले शासन गर्नेछ भन्ने बिषय पनि मुख्य प्रश्न रहेको छ ।  

अझै पनि धेरै नसुल्झिएका बिषयहरु छन् : नेतान्याहूको कार्यालय

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको बारेमा थप जान्नका लागि प्रतिक्षा गरिरहेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भनेको छ ।
गाजा र इजिप्टबीचको फिलाडेल्फिया करिडोरमा सेना तैनाथ गर्ने अन्तिम समयमा नेतान्याहूको दृढ अडानका कारण हमास पछि हटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।नेतन्याहूको कार्यालयले भने सम्झौताका अझै पनि धेरै नसुल्झिएका बिषय रहेको उल्लेख गरेको छ जसलाई सम्बोधन गर्न आवश्यक रहेको बताएको छ ।  


तेल अभिवमा भेला भएका बन्धकका परिवार