काठमाडौँ, माघ ४ :

 

मेष : चिताएको कार्यमा सोचेजस्तो सफलता मिल्ने दिन छ । पुनर्मिलनको योग छ । 

वृष : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीसँग नयाँ स्थान भ्रमण गर्ने दिन छ । 

मिथुन : वैदेशिक यात्राको योजना बन्ने छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।

कर्कट : लगनशीलताले काम अगाडि बढ्नेछन्।  आम्दानी बढाउने काम सुरु हुनेछन् । 

सिंह : यात्राको सम्भावना छ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ। सामाजिक सेवा गर्ने अवसर मिल्ने छ ।

कन्या : पर्यटकीय स्थलको भ्रमणमा निस्कने योग छ । शुभकार्यको चर्चा चल्नेछ। 

तुला : परिवारका सदस्यसँग भेटघाट र मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । नयाँ कामका अवसर फेला पर्नेछन् ।

वृश्चिक : वैदेशिक काममा सफलता मिल्नेछ।  काम गर्ने हौसला र सफल यात्राको योग छ ।

धनु :  मन हर्षित र प्रसन्न हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइलो गरी दिन बित्नेछ ।

मकर : जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । 

कुम्भ : एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ । 

मीन : रमाइलो यात्राको योग छ । सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ ।