गुल्मी, साउन २९ :

गुल्मीमा जङ्गली च्याउ खादा एकै घरका ८ जना बिरामी परेका छन् ।

रेसुङ्गा नगरपालिका वडानम्बर-८ का ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

नजिकैको सामुदायिक बनबाट ल्याएको जङ्गली च्याउ खादा उनीहरु बिरामी परेका हुन् । उनीहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको पनि प्रहरी निरीक्षक केसीले बताउनुभयो ।