काठमाडौँ, माघ ४ :

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारमा रहेका मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने भएका छन् ।

छलफलका लागि आज (बिहीबार)  बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरूलाई बोलाएको छ । बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरूलाई पनि बोलाइएको छ ।

बैठकमा मन्त्रीहरूले गरिरहेका कामका विषयमा छलफल हुने देउवाको सचिवालयले जनाएको छ ।

सरकारमा हाल काँग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सहभागी छन् ।