
काठमाडौँ, माघ ४ :
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ।
गण्डकी प्रदेशको उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने अन्य ठाउँमा आंशिक बदली रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ।