कपिलवस्तु, माघ ४ :

कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

वाणगंगा नगरपालिका ११ स्थित सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना- ४ बस्ने २७ वर्षीय रोमन थारु रहेका छन् ।

उनीहरूको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।दुर्घटनामा घाइते अजय थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।