काठमाडौं, माघ ४ :

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

बारकी महासचिव अञ्जिता खनालले आज(बिहीबार) विज्ञप्ति जारी गर्दै त्रिपाठी माथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

बुधबार काठमाडौँ जिल्ला अदालत बाहिर त्रिपाठीमाथी आक्रमण भएको थियो ।सहकारी ठगीमा पीडितको पक्षबाट बहस गरेर निस्कने क्रममा रास्वपाका कार्यकर्ताले त्रिपाठीमाथि आक्रमण गरेको आरोप छ ।

न्यायालय परिसर भित्रै कानुन व्यवसायी माथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गरेको भन्दै व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि बारले सरकारसँग माग गरेको छ ।