काठमाडौं, माघ ४ :

माछापुच्छ्रे क्यापिटल लिमिटेडले लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप, बिहीबार  हात्तीवनमा रहेको लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई सेयर बजारको प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताबारे जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

क्यापिटलले आफ्नो स्थापनाको पाँचौं वर्षको वार्षिकोत्सवका उपलक्ष्यमा माघ महिनामा रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायत कार्यक्रम आयोजना गरी मनाउँदै छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।