
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख सहरमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन सम्पन्न गरेको छ ।
बागमती प्रदेशका मुख्य सहर चितवनको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर र्याली, हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर र्याली, नवलपुरको गैंडाकोट, कावासोती, कास्कीको पोखरा, बागलुङजस्ता मुख्य सहरहरुमा टेस्टराइड तथा पोखरादेखि धाम्पुससम्म स्कुटर र्यालीको आयोजना गरियो ।
साथै बुटवलमा टेस्टराइडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर र्यालीको आयोजना गरियो । ग्राहकको उल्लेखनीय सहभागिताका कारण यो योजना अपेक्षाभन्दा बढी सफल रहेको कम्पनीले जनाएको छ । साथै र्याली पुग्ने ठाउँमा राइडर्स समुदायहरुका लागि आकर्षक एवं सहभागितामूलक कार्यक्रम आयोजना पनि गरिएको थियो ।
डेल्टा समूहले यो अवधिमा ट्राफिक प्रहरीहरुको सहभागितामा विभिन्न कलेजमा सचेतनामूलक कार्यक्रम पनि गरेको थियो । भेस्पा र अप्रिलिया स्कुटरका उत्कृष्ट प्रविधि, स्टाइलिस डिजाइन र उच्च विश्वसनीयताले देशभरका ग्राहकको मन जित्न सफल छ ।