बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो
काठमाडौं, माघ ४ :

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।

समितिको बिहीबार बसेको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।

बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रका बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रीलाई बोलाएका छौं ।’

अर्को बैठक भोलि (शुक्रबार) मध्याह्न साढे १२ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार