
नेकपा एमालेबाट हालै निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
अवधारणापत्र अनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने उनले जानकारी दिए । ५२ वर्षसम्म कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी भने गैरकम्युनिस्ट बनाउन खोज्दै छन् ।
एमालेले निष्कासन गर्ने बित्तिकै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले उनलाई पार्टीमा डाकेको थियो । तर, उनी गएनन् । नेतृत्वको लालसाले छुट्टीएर गएका कम्युनिस्ट नेताहरु अन्य पार्टीमा गएर दोस्रे वरियतामा बस्न खासै चाहदैनन् ।