
मेष : इज्जत बढ्ने दिन छ। सरकारी सेवामा भए बढुवा हुनेछ। लगानी गरेका क्षेत्रबाट फाइदा हुनेछ।
वृष : बोलीको प्रभावले नयाँ कार्यहरू सहजै बन्नेछन् । साथीहरूको विश्वास र भरोसामानअलमलिनुहोला।
मिथुन : विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : सम्पत्ति आर्जन हुने छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। लामो यात्रामा निस्कनुपर्ने छ ।
सिंह : विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।
कन्या : व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा हुने दिन छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
तुला : कर्मको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त होला । लामो यात्रामा निस्कने योजना बन्ने छ।
वृश्चिक : बिहान उठेर गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। गोपनीयता भङ्ग नगर्नु राम्रो हुनेछ।
धनु : राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ। मन शान्त बन्नेछ। पुराना साथीसँग भेटघाट हुने दिन छ ।
मकर : बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ। आज बनाएका योजना दीर्घकालीन बन्नेछन्।
कुम्भ : घरमा पाहुनाको आगमन हुने छ । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन : दैनिकी सहज बन्नेछ । कुनैपनि काम गर्दा बोली र व्यवहारमा एकरूपता कायम राख्नुपर्ने छ ।