
काठमाडौँ, माघ ५ :
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
तराई क्षेत्रका केही स्थानमा बिहान हुस्सु लागेपनि दिउँसो मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू- भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।