
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी ३०, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेँडा सानो तराई प्रतिकेजी ३५ रुपैयाँ छ ।
आलु रातो प्रतिकेजी ४७, आलु रातो भारतीय प्रतिकेजी ४२, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाजर लोकल प्रतिकेजी ८०, गाजर तराई प्रतिकेजी ७० कायम भएको छ ।
बन्दा लोकल प्रतिकेजी ३०, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी २०, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली ज्यापु प्रतिकेजी ३०, काउली तराई प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ३५, मूला सेतो लोकल प्रतिकेजी ३०, सेतो मूला हाइब्रिड प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ६० कायम भएको समितिले जनाएको छ ।
यसैगरी, तितेकरेला प्रतिकेजी ११०, लौका प्रतिकेजी ७०, परवर तराई प्रतिकेजी १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी २०, हरियो फर्सी डल्लो प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी एक सय तोकिएको छ ।
सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी १००, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ७०, चमसुरको साग ७०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ७०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी ८०, तरुल प्रतिकेजी १००, च्याउ कन्य प्रतिकेजी १००, च्याउ डल्ले प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
समितिले स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १७०, कागती प्रतिकेजी १४०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १३०, सुन्तला भारतीय प्रतिकेजी एक सय रुपैयाँ तोकेको छ ।