जनकपुर, माघ ५ :

जनकपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

भमरपुराचोकबाट वलुवा टोलतर्फ जाँदै गरेको ना.६ ख  ४५३७ नम्बरको ट्रकको ठक्करबाट, महोत्तरी गाउँपालिका–५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको घटनास्थलमै मृत्यु भएको छ ।

 प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।