
प्रतीकात्मक तस्बिर ।
भक्तपुर, माघ ५ :
भक्तपुरको मध्यपुर थिमी नगरपालिका १, मनोहरास्थित बीपी आँखा अस्पतालनजिक मनोहरा खोलामा एक पुरुषको शव भेटिएको छ ।
नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।