काठमाण्डौं, माघ ५ :

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीमा नेपाल सहित अमेरिका,आयरल्याण्ड,डेनमार्कका कलाकारको सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली  कलाकारका ६५,अमेरिकाका २२,डेनमार्कका दुई,आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्नुभएको हो ।

पोखरामा बनाइएका कलाकृतिसमेत प्रदर्शनीमा राखिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ,बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनी यही माघ ६ गतेसम्म चल्नेछ ।