
माछापुच्छ्रे क्यापिटल लिमिटेडले वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सहयोग गरेको छ ।
कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप भक्तपुरको बोडेमा रहेको ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ लाई शुक्रबार ६ थान हिटर र खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समिति अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठको उपस्थिति थियो । यसैगरी क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारका साथै कर्मचारीहरु उपस्थित थिए ।
माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायत कार्यक्रम गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।