काठमाडौँ, माघ ६ :

 

मेष : दीर्घकालीन योजना बन्नेछन् । परिवार र आफन्तसँग रमाइलो गरि दिन बित्ने छ ।

वृष : शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । विश्वासिला भनिएका व्यक्तिसँग गोपनीयता भङ्ग नगर्नुहोला।

मिथुन : धार्मिक व्यक्‍तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ । परिवारको व्यवहारले मन शान्त बन्नेछ । 

कर्कट : स्वास्थ्यमा सुधारका सङ्केत देखिनेछन् । सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । 

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । 

कन्या : सम्पत्ति आर्जन हुने दिन छ । कृषिमा उत्पादन बढ्ने छ । आज व्यापारमा अगाडि नबढ्नु होला ।

तुला : एकल लगानीबाट फाइदा हुनेछ । घुमघामको योजना बन्ने छ ।

वृश्चिक : अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार आउने छ ।

धनु : धार्मिक कार्यमा समय बिताउनुपर्ने छ । साथीभाइको सल्लाहमा अघि बढ्दा सचेत बन्नुपर्नेछ । 

मकर :  धैर्य भएर अगाडि बढ्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : वैदेशिक यात्राको योग छ । राजनीतिक क्षेत्रमा प्रशंसा पाइने छ ।

मीन : बिहान उठेर भजन सुनेमा मन शान्त बन्नेछ । अकस्मात् लामो यात्रामा निस्कनुपर्ने हुनसक्छ ।