रौतहट, माघ ६ :

रौतहट सहित तराई मधेशका जिल्लाहरूमा  बाक्लो मात्रामा लागिरहेको हुस्सु र कुहिरोका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको छ  । शीतलहरले गर्दा चिसो बढेको छ भने जिल्लाको जनजीवन पनि कष्टकर बनेको छ ।

अत्याधिक मात्रामा बढेको चिसो छल्न सर्वसाधारणहरु चोक चोकमा आगो बालेर बसिरहेका छन् ।

चिसोले सबभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् भने बाक्लो हुस्सु र कुहिरोले गर्दा सडकमा हिँड्न र सवारी चलाउन समेत समस्या हुन थालेको छ ।