आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध #सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध
समाचार खेलकुद क्रिकेट

महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग ५ विकेटले  पराजित
काठमाडाैं, माघ ६ :

आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।  

बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।  

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । 

अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाउँदा  रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।

बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए । 
नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।

आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार