
काठमाडौं, माघ ६ :
नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।
भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रुपमा गरे ।
शुभारम्भका अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्याली आयोजना गरिएको थियो । प्रस्तुत छ- यसैसम्बन्धी न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका थप तस्बिर ।