काठमाडौँ, माघ ७ :

मेष : मनमा उत्साह छाउनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सहभागि हुने सम्भावना छ ।

वृष : घरमा आएका भिक्षुलाई दान दक्षिणा गर्नाले ग्रहदशा नास हुनेछन् । घरायसी वातावरण खुशियालीमय बन्ने छ। 

मिथुन : नयाँ कामको सुरुवात हुने छ । साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला।  

कर्कट : रोकिएका काम पुनः सुरु हुनेछन् । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह : अधुरा काम पूरा हुनेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । समाजसेवामा मन जानेछ ।

कन्या : महत्त्वपूर्ण कार्यमा व्यस्तता बढ्नेछ ।  शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ ।

तुला : धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

वृश्चिक :  श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । मनोरञ्जनमा सहभागी हुने दिन छ ।

धनु : आदर्श व्यक्‍तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पारिवारिक सहयोग र समर्थन मिल्नेछ ।

मकर : अध्ययनमा बढी समय दिनुपर्ने देखिन्छ ।  सजिलै अरूको मन जित्न सकिनेछ। साथीको सहयोग मिल्ने छ ।

कुम्भ : सरकारी सेवामा भए सरुवा बढुवाको योग छ । रोकिएका काम पुरा हुन हुनेछन् । प्रेममा सफलता प्राप्त होला ।

मीन :  सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ रोजगारी पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।