काठमाडौँ, माघ ७ :

सङ्घीय संसद् अन्तर्गत आज विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् । 

आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्‌मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९- ०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्तासँग छलफल गर्ने तयारी छ ।