काठमाडौँ, माघ ७ :

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आज अदालतमा उपस्थित भएका छन् ।

कास्की अदालतबाट धरौटीमा रिहा भएका जोशी सातापछि आज (आइतबार) काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान हुँदैछ। बयान सकिनासाथ थुनछेक वहस सुरु हुनेछ। उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।

सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भइसकेका छन्।