शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति

माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने सरकारको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने सरकारको तयारी
काठमाडौं, माघ ७ :

सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने गरी छलफल थालेको छ। 

विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो। यस विषयमा मन्त्रिपरिषद्, सत्तारुढ दलको बैठक लगायत विभिन्न तहमा छलफल भइरहेको एक नेताले बताए ।

यसअघि शुक्रबारको एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले अबको १५/२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए। सरकार संसद छलेर अध्यादेशको भरमा चलाउन खोजेको भन्दै विपक्षी दललहरुले तत्काल संसद् नबोलाए विशेष अधिवेशन डाक्ने सम्मको चेतावनी दिएका छन् । 

संसदमा रहेका २५ प्रतिशत सांसदले विशेष अधिवेश डाक्न सक्ने संविधानमा प्राब्धान रहेको पूर्व सभामुख तथा माओवादी नेता अग्नी सापकोटाले पनि शनिबार एक कार्यक्रममा बताएका थिए ।

संसद्को बर्षे अधिवेशन अन्त्य भएको पनि चार महिना भइसक्यो । एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ ।गत भदौ ३१ गते अधिवेशन अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार