शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने
काठमाडौँ, साउन ३० :

हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने भएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको छ । 

हिमालयले मङ्गलबार १२ बजेर ४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३ः१५ मा अवतरण गर्ने उल्लेख गरेको छ । 

कुवेतबाट सोही दिन ४ बजेर १५ मिनेटमा उडान गरेर ११ बजेर ५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार