काठमाडौँ, साउन ३० :

हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने भएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको छ । 

हिमालयले मङ्गलबार १२ बजेर ४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३ः१५ मा अवतरण गर्ने उल्लेख गरेको छ । 

कुवेतबाट सोही दिन ४ बजेर १५ मिनेटमा उडान गरेर ११ बजेर ५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ ।